नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको हो । उहाँले राजसंस्थाले दुई सय ४० वर्षसम्म नागरिकलाई प्रताडित गरेको भन्दै नागरिकलाई प्रताडित गर्ने संस्थाको जबरजस्ती पैरवी गर्ने थलो संसद् नभएको बताउनुभयो । उहाँले संसद् विज्ञापन एजेन्सी पनि नभएको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘यो सदनमा अहिलेसम्म जसरी विषयवस्तु उठान भएका छन् र बहस भएका छन् । ती बहसहरू अलि अमर्यादित छन्, अशिष्ट छन्, अराजक छन् । मैले पटक–पटक उठाउँदै आएको छु । कमसेकम संविधानको जगमा उभिएर हामीले बहस गर्नुपर्छ, छलफल गर्नुपर्छ । संसद् विज्ञापन एजेन्सी संस्था होइन । कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडि फर्किएर प्रतिगामी कोणबाट दुई सय ४० वर्षसम्म नागरिकलाई प्रताडित गर्ने संस्थाहरूको जबरजस्ती पैरवी गर्ने थलोको रूपमा पनि संसद्लाई नागरिकले पत्याउँदैनन् र मान्दैनन् । संसदमा विचारमा केन्द्रित भएर, राष्ट्रिय स्वार्थसँग केन्द्रित भएर हामीले हाम्रा बहसहरूको उठान गर्नुपर्छ भन्ने विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद दाहालले देशमा अर्बाैँ रुपैयाँकाे काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल कारखाना छिटो भन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उध्दब भारती
April 19, 2023, 3:13 p.m.याे जंगलमा बसेर विदेशीकाे मंगल गाएर सहयोग लिएर व्यवस्था परिवर्तन गरि भन्दै खसिकाे टाउकाे राखेर कुकुरको मासु बेच्ने थलाे हाे भन्नेहरुका लागि पनि राजाको कुरा गर्दा उल्टी गर्नु पर्ने थलाे हैन ।