गुजरातमा सन् २००२ मा भएको दङ्गामा संलग्न रहेको आरोप लागेका ६८ जना निर्दोष ठहर

 वैशाख ८, २०८० शुक्रबार ६:५८:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको गुजरातमा सन् २००२ मा भएको धार्मिक दङ्गामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा खेप्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय एक अदालतले सफाइ दिएको छ ।

अहमदाबाद अदालतले हिजो एक पूर्व राज्यमन्त्री र कट्टरपन्थी हिन्दु समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै यो विषयको मुद्दा समाप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २१ वर्षअघि ११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा परि ५९ जना हिन्दु तीर्थयात्रीको ज्यान गएको थियो ।

लगत्तै भड्किएको धार्मिक हिंसामा कम्तीमा एक हजार नागरिकले ज्यान गुमाएका थिए । अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यसबेला गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो । यो घटनालाई नजरअन्दाज गरेको मोदीमाथि आरोप थियो । उहाँलाई सन् २०१२ मा सफाइ दिइएको थियो ।

भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो । मुद्दामा कुल १ सय ८८ जना दोषी ठहर भएका छन् भने ३ सय १३ जनाले सफाइ पाएका छन् । विपक्षी दल काङ्ग्रेसकी शमा मोहम्मदले फैसलाप्रति असन्तुष्टि जनाउँदै गरेको ट्विटरमा गुजरातको न्याय प्रणाली ‘ढोङ्ग’ भएको टिप्पणी गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया