नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - पर्सि आइतवार हुने उपचुनावका लागि मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याउन थालिएको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपचुनाव हुँदैछ । जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीसहित, मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन थालेका छन् । त्यस्तै, आवश्यक सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।
पर्सि वैशाख १० गते हुने उपचुनावका लागि बारामा आजदेखि तीन दिनसम्म भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर आज राति १२ बजेदेखि आइतवार राति १२ बजेसम्म जिल्लासँग जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको हो ।
उपचुनावको सुरक्षालाई ध्यानमा राखेर सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । यस्तै, मतदानको सम्पूर्ण कार्य सम्पन्न नभएसम्म जिल्लाभरि जाँडरक्सीको ओसारपसार, बिक्री–वितरण गर्न तथा खान रोक लगाइएको छ ।
उपचुनाव हुने क्षेत्रमा गएरातिदेखि नै मौन अवधि सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।
तनहुँ–१ मा चुनाव जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा–२ मा जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपचुनाव हुन लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।