समाजमा अराजक गतिविधि बढे, बुद्धिजीवीले हस्तक्षेप गर्न आवश्यक देखियो : प्रधानमन्त्री

 वैशाख ९, २०८० शनिबार १८:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गर्नुभयो । उहाँले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो की भन्ने डर पलाएको बताउनु भयो ।

उहाँले गएकाे चुनावमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई भन्दा मान्छेकाे सेन्टिमेण्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले समाजमा यस किसिमका गतिविधि बढ्दै जाँदा बुद्धिजीवीहरुले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताउनु भयो ।

उहाँले लेख, रचनाहरुतिर भन्दा सामाजिक सञ्जाल, युट्युब, टिकटकमा लागेर मानिसहरु क्षणिक उत्तेजना, क्षणिक आवेग र अराजक गतिविधिलाई अंगाल्ने परिपाटी विकसित हुँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विचारमा विचलन देखापरेको छ । अहिले खालि कम्युनिष्ट आन्दोलनभित्र मात्रै पनि होइन, देशको समग्र राजनीतिमा पनि आर्थिक विकासको प्रक्रियामा पनि विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला की भन्ने खतरा पैदा भएको छ । भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीवीबाट अलि हस्तक्षेप बढ्न जरुरी छ । वैचारिक वहस चलाउन जरुरी छ ।’ 

प्रधानमन्त्री दाहालले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको पनि बताउनु भयो । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Madhusudan Subedi

    April 22, 2023, 6:24 p.m.

    प्रश्नको उत्तर दिनुपर्ने ब्यक्तिले प्रश्न गर्ने अवस्थाको कारण ले यस्तो भएको हो। जिम्मेवारीबोधका साथमा रुपान्तरणको विकल्प छैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया