उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ३७ करोड रुपैयाँ बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गएकाे वर्ष चैतसम्मको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा वाणिज्य बैंकहरूको नाफा १० दशमलव ९२ प्रतिशत बराबरले बढेको छ ।
गएकाे वर्षको तुलनामा १४ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने सातवटाको घटेको छ । गएकाे वर्ष तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले ४३ अर्ब ४१ करोड रुपैयाँ बराबर नाफा कमाएका थिए । गएकाे आर्थिक वर्षको चैत मसान्तसम्ममा गरेको कुल नाफाको तुलनामा यस वर्षको त्यही अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट बैंक देखिएको छ ।
एभरेष्ठ बैंकले गएकाे वर्षको तुलनामा ६२ दशमलव ६२ प्रतिशतले नाफा बढाएर चैत मसान्तसम्ममा दुई अर्ब ४६ करोड रुपैयाँ बराबर पुर्याएको छ । त्यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले गएकाे वर्षको तुलनामा ६० दशमलव २५ प्रतिशतले नाफा बढाएर दुई अर्ब ६१ करोड रुपैयाँ बराबर पुर्याएको छ ।
रकमका आधारमा नविल बैंकको नाफा बढी छ । यस बैंकको नाफा गएकाे वर्षको तुलनामा यस वर्ष ५२ दशमलव ६३ प्रतिशतले बढेर पाँच अर्ब ११ करोड रुपैयाँ पुगेको छ । रकमका आधारमा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंक दोस्रो र एनआइसी एसिया बैंक तेस्रो स्थानमा छन् । ग्लोबल आइएमई बैंकले गएकाे वर्षको तुलनामा आफ्नो नाफा १६ दशमलव ९६ प्रतिशतले बढाएर चार अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ भने एनआइसीले ११ दशमलव ३८ प्रतिशतले बढाएर चार अर्ब एक करोड रुपैयाँ पर्याएको छ ।
धेरै नाफा कमाउने बैंकहरूको सूचीमा राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा छ । वाणिज्य बैंकले गएकाे वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष ३६ दशमलव ६९ प्रतिशतले नाफा बढाएर तीन अर्ब ५७ करोड रुपैयाँ पुर्याएको हो । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधिमा रु तीन अर्ब चार करोड बराबर नाफा कमाएको छ । यो गएकाे वर्षको तेस्रो त्रैमासको तुलनामा २२ दशमलव ९६ प्रतिशतले बढी हो ।
लक्ष्मी बैंकले गएकाे वर्षको तुलनामा आफ्नो नाफा ४७ दशमलव ३१ प्रतिशतले बढाएर रु एक अर्ब १६ करोड पुर्याएको छ भने नेपाल एसबीआई बैंकले ३८ दशमलव ७१ प्रतिशतले नाफा बढाएर चैतसम्म एक अर्ब ८० करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै प्रभु बैंकले आफ्नो नाफा ११ दशमलव ५१ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा प्रभुले एक अर्ब ९५ करोड रुपैयाँ बराबर नाफा कमाएको हो ।
सानिमा बैंकको नाफा सात दशमलव ४७ प्रतिशतले बढेको छ । यो अवधिमा सानिमाको नाफा एक अर्ब ७१ करोड रुपैयाँ बराबर छ । हिमालयन बैंकको नाफा वृद्धिदर एक दशमलव ४४ प्रतिशतमा खुम्चिएको छ । हिमालयले चैत मसान्तसम्ममा एक अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको हो । कुमारी बैंकको नाफा वृद्धिदर शून्य दशमलव ९७ र एनएमबी बैंकको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत बराबर छ । कुमारी बैंकले एक अर्ब ८२ करोड रुपैयाँ बराबर नाफा कमाउँदा एनएमबीले दुई अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ ।
गएकाे वर्षको तुलनामा नाफा घट्नेमा कृषि विकास बैंक अग्रस्थानमा देखिएको छ । कृषि विकास बैंकले गएकाे आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आवको त्यहीअवधिमा ४५ दशमलव ३६ प्रतिशतले नाफा घटेको छ । गएकाे वर्ष चैतसम्ममा एक अर्ब ९० अर्ब रुपैयाँ नाफा कमाएको बैंकको यस वर्षको नाफा भने एक अर्ब चार करोडमा खुम्चिएको छ ।
सिद्धार्थ बैंक लिमिटेडको पनि गएकाे वर्षको तुलनामा नाफा घटेको छ । अघिल्लो चैत मसान्तसम्ममा दुई अर्ब आठ करोड रुपैयाँ बराबर नाफा कमाएको बैंकले यस वर्ष भने नाफा २८ दशमलव ६५ प्रतिशतले घटेर एक अर्ब ४९ करोड रुपैयाँमा कायम भएको छ ।
सिटिजन्स बैंकको नाफा गएकाे वर्षको तुलनामा २२ दशमलव २४ प्रतिशतले घटेर एक अर्ब २३ करोड रुपैयाँ बराबर छ । त्यस्तै नेपाल बैंक लिमिटेडको नाफा १८ दशमलव ७२ प्रतिशतले घटेर एक अर्ब ७८ करोड रुपैया बराबर छ । माछापुच्छ्रे बैंकको नाफा अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ५५ करोड रुपैयाँ बराबर रहेकामा १२ दशमलव ८८ प्रतिशतले घटेर एक अर्ब ३५ करोड रुपैयाँ बराबर छ ।
प्राइम कमर्सियल बैंक र सनराइज बैंकको नाफा गएकाे वर्षको तुलनामा यस वर्ष क्रमशः नौ दशमलव ३५ र आठ दशमलव ३३ प्रतिशतले घटेको छ । चैत मसान्तसम्ममा प्राइमले दुई अर्ब ४६ करोड र सनराइजले एक अर्ब १७ करोड रुपैयाँ बराबर नाफा कमाएको छ ।
वाणिज्य बैंकहरूको चालू आवको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण हेर्दा गएकाे वर्षको तुलनामा निष्क्रिय कर्जा बढेको छ । साँवा–ब्याज उठ्न समस्या भएपछि बैंकहरूको निष्क्रिय कर्जा बढेको छ भने निष्क्रिय कर्जा बढ्दा बैंकको वित्तीय विवरणमा पनि त्यसको असर देखिएको छ ।
गएकाे आवको चैत मसान्तसम्ममा एक दशमलव २१ प्रतिशत बराबर रहेको बैंकहरूको निश्क्रिय कर्जा चालू आवको त्यहीअवधिमा तीन दशमलव ४८ प्रतिशत बराबर पुगेको छ । सबैभन्दा धेरै निष्क्रिय कर्जा भएका बैंकहरूमा हिमालयन बैंकको चार दशमलव ५६, कृषि विकास बैंकको चार दशमलव ३५ र नेपाल बैंक लिमिटेडको चार दशमलव १६ रहेको छ ।
सिटिजन्स बैंकको तीन दशमलव ९८, कुमारी बैंकको तीन दशमलव ९७, सिद्धार्थ बैंकको तीन दशमलव ९५, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको तीन दशमलव ९४, नबिल बैंकको तीन दशमलव ८७, प्रभु बैंकको तीन दशमलव ४८, राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ८८, ग्लोबल आइएमई तीन दशमलव ९६, सनराइज बैंक तीन दशमलव ६२ र प्राइम कमर्सियल बैंकको तीन दशमलव ०६ प्रतिशत बराबर रहेको छ ।
एनएमबी बैंकको निष्क्रिय कर्जा दुई दशमलव ९६, सानिमा बैंकको दुई दशमलव २७, माछापुच्छ«ेको दुई दशमलव ३७ र लक्ष्मी बैंकको एक दशमलव ८२ रहेको छ । नेपाल एसबीआई बैंकले शून्य दशमलव ९७, एनआइसी एसिया बैंकले शून्य दशमलव ८५, स्टान्डर्ड चार्टर्ड बैंकले शून्य दशमलव नौ र एभरेष्ट बैंकले शून्य दशमलव सात प्रतिशतमा निष्क्रिय कर्जा कायम राखेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।