नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले आफूलाई सस्ताे मूल्यमा बेचेर कम्युनिस्ट आन्दाेलनलाई ध्वस्त बनाएकाे आराेप लगाउनुभएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ती नेताहरु कतिमा बिके भन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरुले नबुझेको समेत बताउनु भयो । उहाँले विशेषगरी प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालप्रति इङ्गित गर्दै यस्ताे बताउनुभएकाे हाे ।
ओलीले कम्युनिष्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘कुनै पनि कम्युनिष्टहरु हाम्रै पार्टीबाट गएका हुन है । प्रचण्ड कहाँबाट गएका ? यही कम्युनिष्ट पार्टीबाट ऐझेरु पलाएझैं पलाएको त हो नि । २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र । यो पार्टी त पछिसम्म एउटै थियो । दुई तिहाई पुर्यायौँ हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर । पार्टी एकता र एकीकरण गरेर । तर टुप्पामा बस्ने नेताहरुलाई सही सक्नु भएन । र, उनीहरु विके । यत्तिकै उनीहरुले भोलेन्टरिइली कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला । कुनै कारणविना कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला । सस्तो मुल्यमा । के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो । बाहिरबाट देखिने कतिपय स–साना कुराहरु हामी पनि देख्छौं । तर भित्री कुरा हामीलाई थाहा छैन ।’
ओलीले प्रचण्ड र माधव नेपालहरुले कम्युनिष्ट पार्टीको झण्डा बोकेर हिँडनु बेकार रहेको टिप्पणी समेत गर्नुभयो । उहाँले आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्ष भित्र देशबाट गरिवी समाप्त पारिदिने पनि बताउनु भयो । २५ वर्ष भित्र एमालेले देशलाई आधुनिक र विकसित राष्ट्र बनाउने ओलीको भनाई थियो ।
यस्तै ओलीले एमालेले देशलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै त्यसमा केन्द्रित भएर लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।