नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गर्नु भएको छ । उहाँले बिहान चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गर्नु भएको हो ।
उपचुनावका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गर्न नपाउने हुनुभएको छ । उहाँहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा छैन । लामिछानेको मतदाता नामावली काठमाण्डौमा र एमालेका न्यौपानेको चितवन क्षेत्र नम्बर ३ मा रहेकाले मतदान गर्न नपाउने हुनुभएको हो ।
गएको मंसिर ४ गतेको प्रतिनिधि सभा चुनावमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उहाँको सांसद पद गुमेपछि चितवन २ मा उपचुनाव भएको हो ।
यसैबीच, तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा स्वर्णीम वाग्लेले पनि मताधिकार प्रयोग गर्न नपाउने हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उहाँको तनहुँ १ को मतदाता नामावलीमा नाम नरहेकाले मतदान गर्न नपाउने हुनु भएको हो ।
नौ जना उम्मेदवार रहेको तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।