मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग आयोगले माग्यो स्पष्टीकरण

 वैशाख १०, २०८० आइतबार १०:५७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आचारसंहिताविपरीत काम गरको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले आज बारा जिल्ला क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उपचुनाव भइरहेको अवस्थामा चुनावको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरीत हुने कार्य गरेकाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।  

मुख्यमन्त्री यादव के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ? भनी स्पष्टीकरण सोधिएको आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ : ‘तपाईँ त्यहाँ जाँदा प्रयोग गरेको गाडी र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ? 

बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वडीआईजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेलबीच प्रतिस्पर्धा छ । बारा क्षेत्र नम्बर २ सहित चितवन २ र तनहुँ १ मा उपचुनाव भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया