तनहुँ-१ : १३ हजार मतगणना हुँदा स्वर्णिम वाग्लेलाई ७ हजारभन्दा बढी मत

 वैशाख ११, २०८० सोमबार ८:१८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तनहुँ १ मा भएको उपचुनाव अन्तर्गत मतगणना भैरहेको छ । ६३ हजार ७ सय ५७ मत खसेकोमा अहिलेसम्म १३ हजार ६५ मत गणना सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लैजानुभएको छ ।

उहाँले ७ हजार २९३ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत ल्याउनुभएको छ । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भइरहेको छ। 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया