तनहुँ-१ : स्वर्णिम वाग्लेको मत ९ हजार कट्यो

 वैशाख ११, २०८० सोमबार ९:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तनहुँ-१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता बढ्दै गएको छ ।

पछिल्लो मतपरिणामअनुसार उहाँले ९ हजार १९८ मत ल्याउनुभएको छ । कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ र एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत ल्याउनुभएको छ । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भैरहेको छ ।

हिजो भएको उपचुनावमा यस क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया