नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपचुनावमा पनि ठूला राजनीतिक दलप्रति नागरिकले चासो नदेखाएको बताउनुभएको छ ।
सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपचुनावमा पनि ठूला पार्टीप्रति नागरिककाे त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको बताउनुभएको पार्टीका सांसद रामहरि खतिवडाले बताउनुभएको हो । उहाँले पार्टी सभापति देउवाले बैठकमा आउँदाे वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बैठकमा पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपचुनावले पनि ठूला पार्टीप्रति नागरिककाे त्यति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्योसँगै कांग्रेसले बजेट ल्याउँदा नागरिकलाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ भनेर उहाँले भन्नुभयाे ।’
बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गर्नुभएका वीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि नागरिकसँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । उनीहरूले आउँदाे बजेटमा नागरिकका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताउनुभयो ।
सांसद खतिवडाले सांसदहरूले आउँदाे बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा नागरिकले देख्ने कम्तीमा एउटा याेजना, पालिकाकाे कार्यालयमा जाने बाटो कालोपत्र गर्ने, व्यवस्थित सहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कृष्णा
April 26, 2023, 12:40 p.m.अब यी भ्रष्ट पार्टी हरुको काम छैन।कहिले तिमिहरु को घैटो मा घाम लाग्ने होइन।कहिले सुध्रिने छैनो।
dspd
April 26, 2023, 5:49 a.m.kina dekhauteta timi jasta congress ka neta ta chou
Kailash Bhatt
April 25, 2023, 10:12 a.m.यस्तो कुरा त चुनाव अगाडि घोषणा पत्र मा कति सुनियो सुनियो भनेर भन्दा पनि गरेर देखाउ महोदय 🙏
भवनी
April 24, 2023, 1:59 p.m.हगिपनी सकेँ दैलो पनि देखेँ।