बारा–२ मा उपेन्द्र यादव फेरि अघि

 वैशाख ११, २०८० सोमबार १७:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य उपचुनावअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव फेरि अघि हुनुभएकाे छ । 

पछिल्लाे मतपरिणामअनुसार यादव जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछि पार्दै अघि हुनुभएकाे हाे । यादवले एक हजार तीन सय ९० मत प्राप्त गर्दा कुशवाहाले एक हजार तीन सय एक मत प्राप्त गर्नुभएकाे छ । उहाँहरूबीच ८९ रनकाे मतान्तर रहेकाे छ । 

नेकपा एमालेका पुरुषाेत्तम पाैडेल भने निकै पछि पर्नुभएकाे छ । उहाँले छ सय २९ मत प्राप्त गर्नुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले दुई सय ५९ मत प्राप्त गर्नुभएकाे छ ।

एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया