लामिछानेको मत ५० हजारभन्दा धेरै, जितनारायणसँगको मतान्तर ४० हजार ७ सय १८

 वैशाख १२, २०८० मंगलबार ११:५१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको प्राप्त मत ५० हजार कटेको छ।

लामिछानेको जित निश्चित छ । यसअघि नै लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिनुभएको छ। साथै, उहाँले हार स्वीकार गरी नागरिकले परिवर्तन खोजेको प्रतिक्रिया दिनुभएको छ । पछिल्लो गणना विवरणअनुसार लामिछानेले ५० हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ।

जितनारायणले ९ हजार ८ सय ५६ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ९ हजार ४ सय ८७ मत ल्याउनुभएको छ। लामिछाने र जितनारायणको मतान्तर ४० हजार ७ सय १८ छ । चितवन–२ मा कुल मतदाता १ लाख २४ हजार ६ सय ९५ रहेकोमा ७८ हजार २ सय ७७ मत खसेको छ।

नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यहाँ उपचुनाव भएको हो।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Summit

    April 27, 2023, 10:25 a.m.

    Security

  •  0 Reply

तपाईको प्रतिक्रिया