नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – उपचुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन् बलियो बनेको छ । यसअघि संसदमा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अब २१ सिट हुने भएको छ । नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएर सभापति रवि लामिछानेको सांसद पद गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टी १९ सिटमा सीमित थियो तर यो उपचुनावमा उसले एक सिट थपेर २१ सिट पुर्याएकाे छ ।
चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले यसअघिको आफ्नै 'रेकर्ड' समेत तोड्नुभएको छ । गएको मङ्सिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार तीन सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार एक सय ७६ मत पाउनुभएको छ । उहाँले अहिले मङ्सिरमा पाएको सर्वाधिक मतको पनि 'रेकर्ड ब्रेक' गर्नुभएको हो ।
चितवनमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय ५१ मत ल्याउनुभयो । गएको मङ्सिरको चुनावमा कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएकोमा यस पटक उसले झन्डै चार हजार मत गुमाएको छ ।
यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार नाै सय ३५ पाउनुभयो । गएको मङ्सिरमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय मत ल्याएकोमा अहिले एमालेको ३६ सय मत गुमेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक मतान्तरको जित निकाल्दा डाक्टर स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर –१ मा विजय हासिल गर्नुभयो । चैत १५ गते नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका वाग्लेले तनहुँ–१ मा लोकप्रिय मानिएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २५ दिनकै प्रयासमा १४ हजार सात सय ९७ मतान्तरले हराउनुभयो । वाग्लेले ३४ हजार नाै सय १९ मत पाउनुभयाे ।
यसअघि गएको मङ्सिरमा भएको चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल २५ हजार छ सय ६१ मत ल्याएर विजयी हुनुभएकोमा अहिले गोविन्द भट्टराईले २० हजार एक सय २२ मतमात्रै ल्याउनुभयो । चार महिनामा कांग्रेसले तनहुँमा पाँच हजार पाँच सयभन्दा धेरै मत गुमायो ।
यस्तै यसअघिको चुनावमा एमालेका उम्मेदवार एकबहादुर रानाले तनहुँ–१ मा १९ हजार नाै सय ८१ मत ल्याएर दोस्रो स्थानमा रहँदा अहिले एमालेका उम्मेदवार सर्वेन्द्र खनाललले जम्मा आठ हजार चार सय ४८ मतमात्रै ल्याउनुभयो ।
तनहुँ–१ मा एमालेले चार महिनामै ११ हजारभन्दा धेरै मत गुमायो । तनहुँमा गएको मङ्सिर ४ गते भएको चुनावमा छ हजार ४४ मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनामै २८ हजारभन्दा धेरै मत थपेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।