नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नेपाली समाजले भ्रष्टाचार स्वीकारिसकेको बताउनुभएको छ ।
मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७ माथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक परियारले यस्तो बताउनुभएको हो । उहाँले समाजले भ्रष्टाचार स्वीकार्नु सबैभन्दा ठूलो विषय भएको बताउनुभयो ।
परियारले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा नीतिगत, राजनीतिक भ्रष्टाचार व्याप्त भएको बताउँदै राज्यले भ्रष्टाचार गर्दा नागरिक गरिब भएकाे उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘हाम्रो संस्कृति नै भ्रष्ट छ । संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? कानुनले मात्रै सबै कुरा गर्छजस्तो मलाई लाग्दैन । हाम्रोमा भ्रष्टाचार नीतिगत छ । राजनीतिक भ्रष्टाचार छ, हाम्रो भ्रष्टाचार शक्तिले गर्छ । कमजोरहरूले गर्दैनन् । यो सबैभन्दा ठूलो अपराध हो । नागरिक आफैँ आफ्ना कारणले गरिब छैनन् । राज्यले भ्रष्टाचार गर्छ, नागरिकलाई गरिब बनाउँछ । सीमित मानिसलाई मात्रै धनी बनाउँछ । यो विधेयकमा यस्ता कुरा आउनुपर्छ । नेपाली समाजले भ्रष्टाचार स्वीकारिसकेको छ, यो डरलाग्दो कुरा हो ।’
प्रमुख सचेतक परियारले मानिसले कसरी कमायो भन्ने कुरा समाजले नहेर्ने गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।