नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका संस्थापक अध्यक्ष तथा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीकोस्मृति दिवसमा आज विभिन्न कार्यक्रम हुँदैछ । विक्रम संवत् १९७८ सालमा काठमाण्डौमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
उहाँ २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नु भएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । ‘भारत छोड’ आन्दोलनको क्रममा उहाँ बनारस जेल पर्नुभएको थियो । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो । वि.स. २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उहाँले सम्हाल्नुभएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो । २०५१ को मध्यावधि निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाउँ’ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्नुभयो ।
अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका लागि अहिले पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक मानिन्छ । उहाँको नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि चर्चा हुने गरेको छ । अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।