नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरूले ढुङ्गामुढा गरेका बताउनुभयो । उहाँले त्याे घटना हुनु दुःखद भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताउनुभयो । उहाँले प्रहरीले ढुङ्गामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराउनुभयो । गृहमन्त्री श्रेष्ठले अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।
यस्तै गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताउनुभयो । उहाँले केही दिनभित्रैमा प्रहरीले सत्य/तथ्य पत्ता लगाउने र दोषीलाई कानुनको कठघरामा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मिटरब्याजी पीडितलाई न्याय दिने र पीडकलाई कानुनी कठघरामा ल्याउने गरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले केही दिनअघि मिटरब्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसप्रति माफी पनि माग्नुभयो ।
गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरूका बीचमा सहमति खोज्ने कोसिस भइरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।