प्रिमियर लिग : म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई हरायाे

 वैशाख १४, २०८० बिहीबार ६:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई हराएसँगै उपाधि होड झनै रोमाञ्चक बनेको हो।

गएराति सिटीले आर्सनललाई ४–१ गोलले हरायो । सिटीका लागि केभिन डी ब्रुएइनले २ तथा इर्लिङ हालान्ड र जोन स्टोन्सले एक/एक गोल गरे । आर्सनलका रब होल्डिङले एक गोल फर्काए । सिटीको ३१ खेलमा  ७३ अङ्क रहेको छ भने दुई खेल बढी खेलेको आर्सनलको ७५ अङ्क छ ।

गएराति नै भएका अरु खेलमा लिभरपुलले वेस्टह्यामलाई २–१ गोलले र नटिङ्घम फरेस्टले ब्राइटनलाई ३–१ गोलले हराएका छन् । चेल्सी ब्रेन्टफोर्डसँग २– ० गोलले पराजित भयो । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया