पहिचानकाे नाम गरेर ढुङ्गा हान्ने काम राजनीति होइन, भँडुवा नीति हो : केपी ओली

 वैशाख १४, २०८० बिहीबार २०:२२:११ | रासस
unn.prixa.net

इलाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभएको छ । उहाँले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले ढुङ्गा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्णरूपमा लाग्न पहिचानवादीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पहिचान र समावेशीताका लागि एमालेले नै अग्रसर भएर लडाइँ लडेको स्मरण गर्नुभयो । 

अध्यक्ष ओलीलगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झण्डा देखाएका थिए । प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनकारीले अध्यक्ष ओलीलगायतका नेताविरुद्ध नाराबाजी गरेका हुन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया