नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न आफ्नाे पार्टी तयार रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाण्डाैमा आयोजित बाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जबराले गएकाे चुनाव चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गर्नुभयो । उहाँले संसद् भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले पहिले नै यो पालिको संसद् बडो डामाडोलपूर्ण अवस्थाको छ, जे पनि हुनसक्छ भनेको थिएँ, आज देखिएको छ । त्यो असजिलो हाम्रो सामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ । घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामर्थ्यवान् छ ।’
सांसद जबराले देशमा अफ्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपाबाहेक अर्को नरहेको जिकिर गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।