प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समिति गठन (सूचीसहित)

 वैशाख १५, २०८० शुक्रबार १७:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ । सभामुख देवराज घिमिरेले संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नाम आज शुक्रवार संसदमा प्रस्तुत गर्नुभएको छ ।

विषयगत समितिमा रहने सदस्यहरूको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मतरूपमा अनुमोदन भएको छ । योसँगै प्रतिनिधि सभाको चुनाव भएको पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । गएको मङ्सिर ४ गते सम्पन्न चुनावपछिको प्रतिनिधि सभाको अधिवेशन भने पुस २५ गतेदेखि सुरु भएको थियो ।

यसअघि समितिको नेतृत्व तथा सदस्य बाँडफाँटमा भएको ढिलाइ र बाँडफाँटपछि पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरूले समितिमा रहने सदस्यहरूको नाम दिन समय लगाउँदा समिति गठनमा ढिलाइ भएको हो ।

प्रतिनिधि सभाका समितिहरूले सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकमा छलफल गरेर टुङ्गो लगाउने काम गर्दै आएका छन् । सार्वजनिक लेखा समितिले सरकारका कामको परीक्षण गर्ने तथा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गर्ने गर्दछ । यस्ता समितिहरूले अब नियमावलीअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र समिति सभापति चयन गर्नेछन् ।

प्रतिनिधि सभा नियमावलीअनुसार प्रतिनिधि सभामा १० वटा विषयगत समिति र राष्ट्रिय सभाको समेत गरी दुई वटा संयुक्त समिति रहेका छन् । संयुक्त समितिअन्तर्गत रहेका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति भने अझै गठन भएको छैन ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया