कर्णालीका मुख्यमन्त्री शर्मालाई तेस्राे पटक विश्वासकाे मत

 वैशाख १५, २०८० शुक्रबार १७:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुभएको छ । आज शुक्रवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुभएको हो ।

उहाँलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक/एक जना गरी २९ जना सांसदले विश्वासको मत दिएका छन् । ४० सदस्यीय प्रदेश सभामा विश्वासकाे मतका लागि २१ जनाको समर्थन आवश्यक थियो । नेकपा एमालेका नाै र राप्रपाका एक जनासहित १० जना सांसदले उहाँकाे विपक्षमा मतदान गरे ।

नेकपा एमालेको समर्थनमा गएको पुसमा मुख्यमन्त्री बन्नुभएका शर्माले प्रदेश सरकारमा रहेको एमाले बाहिरिएपछि विश्वासको मत लिनुपरेको हो । पहिलोपल्ट एमाले र राप्रपासहितको विश्वासको मत लिनुभएका शर्माले राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया