कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनद्वारा आत्मसमर्पण : अदालतको फैसला अनुसार जेल चलान

 वैशाख १६, २०८० शनिबार ११:३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारी सहीछाप किर्ते मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनले आत्मसमर्पण गर्नुभएको छ । उहाँले हिजो जिल्ला अदालत मोरङमा आत्मसमर्पण गर्नुभएको हो ।

लगत्तै उहाँलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवं प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभयो । उहाँ ६ वर्षदेखि फरार हुनुहुन्थ्यो । प्रदेश सांसद रहेकै बेला खातुनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । साथै उहाँका श्रीमान् शेख शिलबरलाई पनि बराबरी सजाय र जरिबानाको फैसला सुनाइएको थियो ।

यो मुद्दामा तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई भने कर्मचारी भएका कारण २ वर्ष सजायको फैसला भएको थियो । खातुन कोशी प्रदेश सभामा एमालेबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध उहाँले २०७४ भदौमा उच्च अदालत विराटनगरमा पुनरावेदन गर्नुभएको थियो । उच्च अदालतले खातुनका श्रीमानलाई मात्रै सफाइ दियो भने खातुनविरुद्ध एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिबानाको फैसला सुनायो ।

दुई कर्मचारीविरुद्ध भने जिल्ला अदालतकै फैसला सदर भएको थियो । उनीहरुले जेल सजाय काटिरहेका छन् । खातुन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगे पनि सर्वोच्चबाट निस्सा नपाएपछि सांसद पद खारेज भएको थियो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया