उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्समाथि ४ विकेटकाे राेमाञ्चक जित निकालेकाे छ ।
चेन्नईले दिएकाे २ सय १ रनकाे लक्ष्य पन्जाबले ६ विकेट गुमाउँदै अन्तिम बलमा भेटायाे । पन्जाबलाई जितका लागि अन्तिम बलमा ३ रन चाहिएकाे थियाे । त्याे अवस्थामा सिकन्दर राजाले ३ रन जाेड्दै टाेलीलाई जिताए । पन्जाबका प्रभसिमरन सिंहले ४२, लायम लिभिङ्गस्टाेनले ४० र साम करनले २९ रन बनाए । यस्तै सिकन्दर राजा १३ रनमा नटआउट रहे । बलिङतर्फ चेन्नईका तुषार देशपान्डेले ३ र रविन्द्र जडेजाले २ विकेट लिए ।
यसअघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेकाे चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रन बनायाे । चेन्नईका डेभन कन्वेले नटआउट ९२, ऋतुराज गायकवडले ३७ र शिवम् दुबेले २८ रन बनाए । बलिङतर्फ पन्जाबका अर्शदीप सिंह, साम करन, राहुल चाहर र सिकन्दर राजाले १/१ विकेट लिए ।
याे जितसँगै पन्जाब ९ खेलमा १० अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । चेन्नई उति नै खेलमा १० अङ्कका साथ चाैथाे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।