उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कप क्रिकेटको आज हुने फाइनल खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिने भएको छ।
हिजोको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो । तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि आज हुन लागेको हो । ‘रिजर्भ डे’ का रुपमा खेल सारिएपछि दर्शकलाई प्रवेश निःशुल्क गरिएको हो ।
आज यूएईले बिहान ९ बजे २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन जोडेको अवस्थाबाट नै खेल सुरु गर्नेछ । तर आज पनि वर्षाको सम्भावना छ ।
आज खेल पूरा नभएर नतिजा आउन सकेन भने सुपर ओभरमा जानेछ । यदि सुपर ओभर पनि हुन सकेन भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका आधारमा नेपाल एसिया कपमा पुग्नेछ । नेपाल एकदिवसीय वरीयतामा १४औँ र यूएई १९औँ स्थानमा छ । यो खेलको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।