कानुन बमोजिम सबै चल्नुपर्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन : मन्त्री गुरुङ

 वैशाख २१, २०८० बिहीबार २०:२१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्ने कुरा निकालेरमात्रै अघि बढ्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताउनुभयो । कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने मन्त्री गुरुङकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘कुनै पनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिनेछ । कुनै पनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्ने कुरा निकालिनेछ । सुशासन, न्याय ढिला नहुने कुरामा प्राथमिकता हुनेछ । कानुन बमोजिम सबै चल्नुपर्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन । अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो बनाउनेछु ।’

कानुनमन्त्री गुरुङले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया