नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकासँगको प्रारम्भिक बयान सकिएको छ ।
प्रहरीसँगको बयानका क्रममा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपले आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । सचिव पाण्डे, थापाका सुरक्षा सल्लाहकार राई तथा रायमाझीका छोरा सन्दीपसहित ठगी धन्दामा संलग्न रहेको आरोपमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुकै बयानका आधारमा प्रहरीले गएको मंगलवार तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरेको हो ।
ठगीको घटनामा जोडिएका पूर्वमन्त्री रायमाझी, राईका छोरा निरज र तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक फरार छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आंकलन छ ।
भुटानी समस्याको समाधान गर्न भन्दै तत्कालीन गृहमन्त्री थापाले २०७६ सालमा पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गर्नुभएको थियो ।
कार्यदलको प्रतिवेदनलाई आधार बनाइ ठगी गरिएको थियो । ठगी र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानबाट थप प्रमाणहरू खोज्ने र त्यसक्रममा अरू थप व्यक्तिहरूको संलग्नता रहे/नरहेको खुल्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुबेर कडायतले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।