बझाङको साइपालमा खाद्य सङ्कट

 वैशाख २४, २०८० आइतबार ११:५०:४१ | रासस
unn.prixa.net

काठमाण्डौ – बझाङको साइपाल गाउँपालिकामा खाद्य संकट भएको छ । एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने साइपालमा ११ महिना किनेरै खानुपर्छ ।

खाद्य संस्थानबाट साढे दुई क्विन्टलमात्रै चामल पाउने गरेको र वर्षभरीमा खानका लागि पर्याप्त नभएको साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङले बताउनुभयो ।

तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उहाँको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो।सोनामको परिवारमा वर्षभरिका लागि झण्डै ११ क्विन्टल चामल आवश्यक पर्छ ।

गएको वर्षमात्रै उहाँको परिवारले नौ क्विन्टल चामल किन्नुपर्‍यो, त्यो पनि महँगोमा । सदरमुकाम चैनपुरमा पाइने सामानको मूल्य साइपालमा पुग्दा चौबर हुने गरेको उहाँले बताउनुभयो ।

साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेर पुर्‍याइने भएकाले चामललगायतका खाद्य वस्तुको मूल्य तेब्बरभन्दा बढी पर्छ ।

पाँच वर्षदेखि नेपाल–चीन सीमानाका ताक्लाकोट पूर्णरूपमा बन्दा हुँदा  साइपालवासी मारमा परेका हुन् । धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान यस अघि ताक्लाकोटबाटै आउने गरेको थियो ।

तर पाँच वर्षेदेखि आवतजावत नै ठप्प भएको साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराले बताउनुभयो । झण्डै तीन हजार जनसङ्ख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएको छ ।

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि प्रधानमन्त्री निवास बालुवाटार आउनु भएको थियो ।

अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक सिंहदरबार आइसक्नु भएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया