क्यानडाद्वारा एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला

 वैशाख २६, २०८० मंगलबार १०:३:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडा सरकारले टोरन्टोमा रहेका एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।

देश निकाला गरिएका चिनियाँ कुटनीतिज्ञ चाओ वेईले आफ्नो संसद्का सदस्यलाई धम्की दिने योजनामा संलग्न रहेको क्यानडाको आरोप छ ।

सांसद माइकल चोङले चीनमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएपछि चीनले हङकङमा चोङ र उहाँका आफन्तलाई उत्पीडन गर्ने प्रयास गरिरहेको समेत आरोप छ ।

क्यानडाका विदेशमन्त्री मेलानी जोलीले एक विज्ञप्ति निकालेर कुटनीतिज्ञ चाओ वेईको आवश्यकता नरहेको बताउनु भएकाे बीबीसीले जनाएको छ । क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ दूतावासले कुटनीतिज्ञलाई निष्काशन गरेकोमा निन्दा गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया