नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई झारो टार्ने काम नगर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा देवकाेटाले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यहीअनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभयो । खेलाडीलाई उचित सम्मान र पुरस्कृत गर्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको छ । खेलाडीले नेपालको इज्जत र सम्मानलाई सगरमाथाभन्दा पनि माथि लगेका छन् । त्यो उचाइमा नेपालको सम्मान पुर्याउने खोलाडीलाई सरकारले झारो टार्नुभन्दा पनि उचित सम्मान र पुरस्कृत गरोस्, राष्ट्रका लागि योगदान दिएको नाममा जो–जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन छ भन्ने गुनासो छ, त्यो हो भने हटाइयोस्, अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणमा विशेष ध्यान दिइयोस् । भारत र पाकिस्तानलगायतका देशबीचको टकराबको फाइदा नेपालले लिन सक्ने गरी खेल पूर्वाधारमा लगानी बढाइयाेस् ।भारत र पाकिस्तानबीचको खेल नेपालमा खेलाउन सक्छौँ भन्ने प्रतिबद्धताका साथ सरकार अघि बढोस् ।’
सदस्य देवकोटाले खेल पूर्वाधारमा लगानी बढाई नेपाललाई अन्तर्राष्ट्रिय खेलको 'हब' को रूपमा स्थापित गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।