नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
बुधवार काठमाण्डाैमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष नेपालले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको बताउनुभयो । उहाँले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्ने कुरा भ्रष्टाचारका काण्डहरूले दिइरहेको उल्लेख गर्नुभयाे । भ्रष्टहरूलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एकपछि अर्को भ्रष्टाचार काण्डहरूका फाइल खुल्न थालेका छन्, यसले नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने देखाउँछ । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरूले नै अगुवाइ गर्ने गरेका छन् । उपप्रधान एवम् गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु– तपाईँले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरू जुनसुकै मुद्दामा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।