शीर्ष नेताकाे भेटवार्ता कसैलाई जाेगाउन हाेइन : प्रधानमन्त्री प्रचण्ड

 वैशाख २७, २०८० बुधबार १७:२१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधवार नेताहरूबीच झन्डै दुई घण्टा छलफल भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको अवस्थामा भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

सुरुमा प्रचण्ड, देउवा र ओलीबीच मात्रै छलफल भएकोमा पछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुनुभएको थियो । दलका प्रभावशाली नेताहरू नै नक्कली शरणार्थी काण्डमा पक्राउ पर्न थालेपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरूबीच भेटवार्ता हुने गरेको आरोप लागेको छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने शीर्ष नेताबीच पछिल्ला भेटघाटबारे भ्रम फैलिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले आफूहरूको भेटवार्ता संसद् सञ्चालनमा केन्द्रित रहेको दाबी गर्नुभयो । सञ्चारमाध्यममा आएजस्तो कसैलाई जोगाउन भेटवार्ता नभएको बरु सदनलाई कसरी प्रभावकारी बनाउने, समितिहरू गठन गर्ने लगायतका विषयमा छलफल भएको उहाँको भनाइ छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिइएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया