नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
नुवाकाेट - नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल निर्माणकाे काम सम्झौताको १४ महिनाअगावै सम्पन्न भएको छ ।
तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खुखोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण गरिएको हो ।
निर्माण थालेको छ महिनामै काम सम्पन्न भएको हो । पुल बनेपछि उर्लेनीको कृषि उपजलाई बजार पुर्याउन, स्थानीय बासिन्दालाई दैनिक उपभोग्यवस्तु खरिद बिक्री गर्न तथा सागरकुण्ड हुँदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग बनाउन सजिलाे हुने भएकाे छ ।
विसं २०७९ साल असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच २०८१ साल असार ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भएको थियो । खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुलको हिजो बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नु भएकाे हाे।
ठाडो खोला र पानीको बहावले साउन १ गतेदेखिको सट्टामा काम सुरु गर्न कात्तिक लागेको थियो । पुल निर्माणको काम सुरु भएको छ महिना नपुग्दै सम्पन्न गरेको जयविष्णु निर्माण सेवाका प्रोप्राइटर अनिल सिलवालले बताउनुभयो ।
उहाँका अनुसार २४ महिनामा पूरा गर्नुपर्ने काम जिम्मेवारी पाएको १० महिनामा नै सम्पन्न भयो । पुल निर्माण गर्न ठेक्का लगाएको पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यका अनुसार छ करोड ९९ लाख ३९ हजार रुपैयाँमा ठेक्का दिएको पुलको निर्माण व्यवसायीलाई पाँच करोड ६२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
जिल्लाकै विकट बस्तीका रूपमा रहेको उर्लेनीसम्म गाडी पुर्याउनका लागि दोर्खुखोलामा पुल बनाइएको हो । मुख्यमन्त्री जम्कट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Buddhi bastola
May 12, 2023, 12:18 p.m.के गर्ने १०० मा १/२ वटा मात्र समयमा नै र समय भन्दा अगावै बनेको सुनिन्छ सबै कामहरु यसरीनै भई दिए देशलाई आर्थिक भार त कम हुन्थ्यो होला ...................?