नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सक्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गाैतमले उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो आवश्यकताबमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी विस्तार गरी काम अघि बढाउनुपर्ने बताउनुभयो ।
गाैतमले देशका लागि आवश्यक जनशक्ति यहीँ नै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने दाबी गर्नुभयाे । सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने उहाँकाे भनाइ छ । उहाँले शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उच्च शिक्षा सरकारले पूर्णरूपमा निःशुल्क गराउन सक्नुपर्छ । आफ्नो आवश्यकताबमोजिम प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी बढाउनुपर्छ । त्यो आवश्यकताका निम्ति त्यस्ता विज्ञ व्यक्ति तयार गर्न सक्छौँ र बाहिर पठाएर वैदेशिक मुद्रा आर्जन गर्न सक्ने गरी हामी जानुपर्छ । नपढेका, नजानेका हस्ताक्षर गर्न नसक्ने व्यक्ति जानुभन्दा त यस्ता मानिस जानु हाम्रा निम्ति गौरवको विषय हुन्छ । त्यस्तो शैक्षिक शक्ति कति उत्पादन गर्ने ? कति हाम्रो देशको निम्ति आवश्यकता छ ? यो दिशामा नगइकन शिक्षामा विकास हुन सक्दैन ।’
सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्ने भन्नेबारेमा सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।