नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ । पार्टीको चलिरहेकाे केन्द्रीय कमिटीको बैठकले २०८४ सालको चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्ययोजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रवार प्रदेश कमिटीहरूसहितको आठ वटा समूहले अहिले २०८० सालकाे वार्षिक कार्ययोजनाका लागि सुझाव दिइरहेका छन् । त्यही सुझावको आधारमा भोलि (शनिवार) बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताउनुभयो ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शङ्कर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गर्नुभएको छ । त्यही मार्गदर्शनमा आधारित भएर सबै समूहहरूले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिनेछन् ।
उपप्रमुख रिजालले भन्नुभयो, ‘हामीले वार्षिक कार्ययोजनाका बारेमा राय, सल्लाह, सुझाव प्रस्तुत गर्नका लागि सात वटा प्रदेशका सात वटा टोली तथा सम्पर्क समन्वय कमिटी र पेसागत विशेष कमिटीलाई एउटा टोली बनाएर आठ वटा समूह निर्माण गरेका छौँ । साथै पार्टीको केन्द्रको तर्फबाट महासचिव शंकर पोखरेलले आउँदाे कार्ययोजनाका सन्दर्भमा केही मार्गदर्शनहरू प्रस्तुत गर्नुभएको छ । नेकपा एमालेलाई नागरिककाे रोजाइकाे पहिलो शक्तिबाट समग्रमा पहिलो शक्तिको रूपमा रूपान्तरण गर्ने गरी २०८४ सालको चुनावलाई केन्द्रविन्दुमा राखेर पार्टी पङ्क्तिको परिचालनलाई विशेष जोड दिनेछौँ ।’
बिहीवार (हिजो) देखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, विभिन्न आयोगका अध्यक्षहरू तथा प्रदेश कमिटीहरूले प्रस्तुत गरेको 'मिसन ग्रासरुट' अभियानबारे विभिन्न समूह बनाएर छलफल भएकाे थियाे । शनिवार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न हुने एमालेले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।