नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेकपा (एमाले) ले पार्टी केन्द्रीय कमिटी बैठकमा सङ्घीयताबारे छलफल नै नभएको दाबी गरेकाे छ ।
शनिवार आज च्यासलमा आयाेजित पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सङ्घीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताउनु भएकाे हाे ।
बैठकमा सङ्घीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उहाँले बताउनु भयाे । अध्यक्ष ओलीले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताउनु भएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन समेत दिनु भएकाे छ ।
ओलीले संविधान निर्माणको कुनै पनि पिल्लरहरुलाई हल्लाउने वा चलाउने पक्षमा एमाले नरहेको बताउनु भएकाे छ ।
रिजालले भन्नुभयो, ‘सङ्घीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । र, सङ्घीयताको बारेमा हाम्रो पार्टीका कुनै छलफल पनि भएको छैन। कुनै साथीहरुले समूहमा उभिँदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय हो जस्तो गरी जुन ढङ्गले प्रचार गरिएको छ । यो गलत छ । यो पार्टीको विधिको हिसाबले पनि गलत छ । र, पार्टीको मान्यताको हिसाबले पनि गलत छ ।’
बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ । जसमा कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।