नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा नेपाल प्रहरीले निर्धक्क भएर अनुसन्धान गरिरहेको छ ।
यसअघिका विभिन्न प्रकरणमा राजनीतिक दबाब र अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि भए पनि नक्कली भुटानी प्रकरणमा भने नेपाल प्रहरीले कसैको दबाबविना अनुसन्धान गरिरहेको छ । जसका कारण पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसक्नुभएको छ भने पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको अनुसन्धान र सक्रियताको चौतर्फी प्रशंसा भइरहेको छ ।
नेपाल प्रहरीका सहायक प्रवक्ता भूपेन्द्र खत्रीले पनि उज्यालोसँग कुराकानी गर्दै भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई कतैबाट पनि दबाब नआएकाले र ढुक्क भएर अनुसन्धान चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कतैबाट पनि दबाब महसुस गरेका छैनौँ, नेपाल प्रहरीले पदभन्दा पनि कानुनलाई हेरेर अनुसन्धान गर्ने हो’, खत्रीले भन्नुभयो ।
देशमा विधिको शासन स्थापित गराउनका लागि प्रहरीले जहिले पनि प्रयास गर्दै आएको र यो प्रकरणमा पनि कानुनको नजरका सबै समान हो भन्ने सन्देश दिने गरी निष्पक्ष अनुसन्धान हुने उहाँको भनाइ छ । ‘सबैको सहयोग पाएमा प्रहरीको अनुसन्धान फ्री एन्ड फेयर हुन्छ भनेर प्रमाणित गर्ने अवसरका रूपमा पनि हामीले यस घटनालाई लिएका छौँ’, सहायक प्रवक्ता खत्रीले भन्नुभयो । उहाँले फरार रहेका एमालेका सचिव रायमाझी पनि छिटै पक्राउ पर्ने पनि दाबी गर्नुभयो ।
सम्बन्धित समाचार
नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति |
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।