नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
अमेरिकाकाे चर्चित मिडिया कम्पनी केबल न्युज नेटवर्क (सीएनएन) ले सन् २०२३ मा घुम्न लायक उत्कृष्ट ठाउँहरूको सूचीमा नेपालको मुस्ताङ उपत्यकालाई पनि समेटेको छ ।
सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँकाे सूची सार्वजनिक गर्दै सीएनएनले नेपालको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँलाई १६ औँ नम्बरमा राखेको छ । एउटा फोटोसहित सीएनएनले हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो पदमार्गमा पदयात्राका लागि यो ठाउँ उत्कृष्ट रहेको उल्लेख गरेको छ ।
तिब्बतकाे नजिक रहेको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने पनि सीएनएनले उल्लेख गरेको छ । सीएनएनले सन् २०२३ मा घुम्न लायक २३ ठाउँको पहिलो सूचीमा पश्चिमी अस्ट्रेलियाको एउटा पर्यटकीय क्षेत्रलाई राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।