नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ । गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी हिजो काठमाण्डौको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
रायमाझीलाई एमालेले सचिवबाट निलम्बन गरिसकेको छ। प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्व सांसद आङ्टावा शेर्पा तथा इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर, तीनै जना फरार रहेपछि सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १३ जना पक्राउ परेका छन् । गएको बुधवार पक्राउ परेका खाणले बिचौलियासँग पैसा लिएको तथा गृहमन्त्री हुँदा विभिन्न नीतिगत निर्णय गरेर ठगीमा सघाएको प्रमाण प्रहरीले फेला पारेको छ। यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले प्रहरीलाई दिएको बयानमा खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको उल्लेख गरेका छन् । खाणसँगै पक्राउ परेका उनका स्वकीय सचिव नरेन्द्र केसीले ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको अभियुक्तहरुको बयान छ।
यही प्रकरणमा रामशरण केसी, गोविन्द चौधरी, इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पक्राउ परिसकेका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।