आजदेखि १४ प्रतिशतले बढ्यो चिकित्सकको परामर्श शुल्क

 जेठ १, २०८० सोमबार १३:५०:३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल चिकित्सक सङ्घ र एसाेसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । 

सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो । 

सङ्घले चिकित्सकको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपीडी) शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो । 

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क चार सय २० देखि नौ सय ४० रुपैयाँसम्म तोकिएको बताउनुभयो । 

नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस तथा बीडीएस तहका चिकित्सकको शुल्क चार सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको पाँच सय १५  रुपैयाँ परामर्श शुल्क तोकिएको छ । 

यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको पाँच सय ९० र त्योभन्दा बढी छ भने छ सय ७० रुपैयाँ तथा पाँच वर्षसम्मको अनुभव भएका  एमडी, एमएस, एमडीएस तहका चिकित्सकले सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले आठ सय रुपैयाँ परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ । 

डीएम/एमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए आठ सय ८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि नौ सय ४० रुपैयाँ परामर्श शुल्क तोकिएको छ । 

साथै एमडी/एमएस/एमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले ७ सय ५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा आठ सय र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा नौ सय ४० रुपैयाँ शुल्क तोकिएको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया