नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिकका समयानूकुल एजेन्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताउनुभएको छ ।
सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले लामो सङ्घर्ष गरेर लोकतन्त्र प्राप्त गरे पनि पूर्णरूपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानूकुल वर्तमान एजेन्डा र नागरिककाे चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताउनुभयो । लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा नागरिकले नयाँ विकल्प खोजेको उहाँले उल्लेख गर्नुभयाे । नागरिकले नयाँ विकल्प खोजे पनि ठम्याउन नसकेको भट्टराईकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामीले लामो सङ्घर्ष गरेर सात सालदेखिका आन्दोलन र माओवादी जनयुद्ध हुँदै आउँदा लोकतन्त्रको लडाइँ त मूलरूपमा सम्पन्न गरका छौँ तर पूर्णरूपमा विजयी पाउन सकेका होइनौँ । हामीले वैज्ञानिक भूमि सुधार गरेर किसानमा जमिनको पहुँच, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबैकाे अधिकार स्थापित गर्ने कुरा, त्यसैभित्र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम फटाफाट गरेर जान सक्नुपर्ने थियो । हामीले सकेनौँ । त्यस कारण युवामा असन्तुष्टि छ, नयाँपन खोजिराखेको छ । नयाँ विकल्प खोजिराखे पनि ठम्याउन सकेका छैनन् । हामी समयानूकुल वर्तमान एजेन्डा र नागरिककाे चाहनालाई बुझेर जान सक्नुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।