नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका बनेपाका मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ ।
आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
२०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते हुनुभएको थियो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
यस्तै बैठकले थाइल्यान्डमा हुने सामाजिक आयोगको ७९ औँ बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत नेतृत्वको प्रतिनिधि मण्डल स्वीकृत गरेको छ । याे बैठक जेठ १ गतेदेखि जेठ ५ सम्म चल्ने मन्त्री शर्माले जानकारी दिनुभयो।
बैठकले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको प्रस्तावमा कलैया सिम्रौनगढ क्षेत्रको मालपोत र नापीसम्बन्धी साविक र अहिलेकाे कार्यक्षेत्रमा संशोधन गर्ने निर्णय गरेको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा बुटवल गोरुसिङ्गे सडक विस्तार क्षेत्रका घर, टहरा हटाउने र क्षतिपूर्ति दिने निर्णय भएको छ । यस प्रयोजनका लागि जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ बमोजिम सम्बन्धित योजना प्रमुखलाई कारबाही अघि बढाउन स्वीकृत प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।