२ वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाकाे स्तराेन्नति गरिने

 जेठ ५, २०८० शुक्रबार १९:११:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले आउँदाे दुई वर्षभित्र काठमाण्डाैकाे कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तराेन्नति गर्ने भएकाे छ । 

आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाकाे स्तराेन्नति गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिने उल्लेख छ । यस्तै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङकाे विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइने जनाइएकाे छ ।

सरकारले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने नीति पनि लिएकाे छ । वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताकाे आयोजना गरिने, एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले खेलकुदलाई राष्ट्र्को पहिचान¸ गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिने भएकाे छ । साथै अन्तर्राष्ट्रिरयस्तरका खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन एवम् पुरस्कृत गरिने उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया