नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काएर निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।
सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा अध्यक्ष ओलीले अहिले सरकारले कुनै दल, व्यक्तिलाई लक्षित गर्न खोज्दा खास दोषी उम्कने सम्भावना रहेको जिकिर गर्नुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुन दलको कुन पद रिक्त बनाउने र कोविरुद्ध समाजमा नकारात्मक हल्ला फैलाउने भन्नेमा केन्द्रित रहेर सरकारले छानबिनको नाटक गरिरहेको बताउनुभयो ।
आफू प्रधानमन्त्री बन्दा नक्कली भुटानी शरणार्थीबारे एउटा समिति बनाएको तर त्यति बेला आफूलाई सरकारबाट बाहिर निकाल्ने, पार्टीको सदस्यबाट निकाल्नेजस्ता गतिविधि भएकाले आफूले त्यो मुद्दा हेर्न नपाएको उहाँको दाबी छ । अहिले सरकारले भ्रष्टाचारविरुद्ध कदम चालेको नाटकमात्रै गरिरहेको दाबी गर्दै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण आफैँ बाहिर आएको जिकिर गर्नुभयो ।
‘यो प्रकरण बाहिर ल्याएको हाेइन आफैँ बाहिर आएको हो, लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न ।’ ओलीले भन्नुभयो ।
उहाँले भ्रष्टाचारका सबै कान्डहरूकाे छानबिनमा आफ्नो पार्टीले सरकारलाई पूरै सघाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
आ य ुस
May 21, 2023, 2:54 p.m.सत्य लाई सत्य र गल्ती लाई गलत छुट्टाउन नसक्नी पाटी लाई कसरी समाल्न सक्लानत धन्यवाद