नयनराज पाण्डेको ‘यार’ लाई पद्मश्री साहित्य पुरस्कार

 कात्तिक ७, २०७५ बुधबार १८:३८:५६ | रासस
unn.prixa.net

काठमाडौं – नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएबापत डाक्टर तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई ‘पद्मश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण संग्रह ‘यार’लाई ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ । 

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनद्वारा स्थापित ती सम्मान र पुरस्कारका राशि दुई लाख रुपैयाँसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानले वि.सं. २०६३ देखि वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एक र  २०६७ देखि साहित्य र कलामा दीर्घ साधना गर्दै आएका एक स्रष्टालाई ती सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ । 

प्रतिष्ठानद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उहाँका माता हरिकला लामिछानेले संयुक्त रुपमा ती पुरस्कार एवम् सम्मान प्रदान गर्नुभएको हो । 

आख्यान लेखनको विशिष्ट शिल्प रहेको ‘यार’ भित्र लेखकका निजी संस्मरणलाई जीवन्त रुपमा बुनिएका छन् । लामा र छोटा गरी २५ वटा संस्मरणलाई सरल भाषामा गहन एवम् लोभलाग्दो अभिव्यक्ति संस्मरणमा छ । 

दार्जिलिङबाट प्रकाशित हुने साथी साप्ताहिक पत्रिकामा इलाम शीर्षकको निबन्ध २००८ सालमा छपाएर नेपाली निबन्ध साहित्यमा उदाएका डा शर्माका सम्पादन तथा लेखनमा हालसम्म ३३० कृति छन् । 

त्यस अवसरमा प्रतिष्ठानका अध्यक्ष लामिछाने, उपाध्यक्ष धनराज गिरी र अमर न्यौपानेले प्रतिष्ठानका गतिविधिमाथि प्रकाश पार्नुभयो । 

सम्मानित व्यक्तित्व डाक्टर शर्माले उमेरले आफू ८० काटे पनि साहित्य रचनामा कमी नआएको बताउनुभयो । अर्का पुरस्कृत स्रष्टा पाण्डेले पुरस्कार पाउनु लेखकको जीवनमा सुन्दर घटना होइन, असल कृतिको सिर्जना गर्न सक्नु नै सर्वाधिक सुन्दर घटना हो भन्नुभयो ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया