दार्चुलामा एक सुत्केरीको हेलिकप्टरद्वारा उद्धार

 जेठ ९, २०८० मंगलबार १३:२५:३७ | रासस
unn.prixa.net

तस्बिर : रासस

दार्चुला - दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत् उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी  ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

आइतवार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माउनु भएकाे थियाे । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि आमा र बच्चालाई साेमवार जिल्ला अस्पतालमा ल्याइएको थियाे ।

यहाँ पनि उपचार सम्भव नभएकाले अन्यत्र पठाउनु परेको अस्पतालले जनाएको छ । बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतमा रहेकाे कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया