बनिनसक्दै भाँचियाे साढे ४ कराेड रुपैयाँमा ठेक्का लागेकाे पुल

 जेठ ९, २०८० मंगलबार १९:१३:२३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिका–१२ नागबेलीको झिकु खोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन् । 

छ वर्षअघि चन्द्रा एन्ड वसन्त एनएम जेभीले चार करोड ५० लाख रुपैयाँमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुरमार्फत ठेक्का लिई सुरु गरेको थियो । स्थानीयले पुल निर्माणमा ढिलाइ गरी अलपत्र तथा लापर्बाहीका कारण खेतमा बाढी पस्दा हजारौँ रोपनी डुबानमा परेको र क्षतिपूर्तिसमेतको माग गर्न थालेका छन् । निर्माण पक्षले बीचबाट चर्किएर भाँचिएको त्यो पुल प्लास्टरमार्फत टाल्न खोजिएको प्रष्ट देखिन्छ । 

४० मिटर लम्बाइको पुल भाँचिएपछि आज मङ्गलवार स्थलगत निरीक्षण गर्नुभएका पाँचखालका मेयर महेश खरेलले पुल पूरै भत्काएर पुनः बनाउनुपर्ने देखिएको बताउनुभयो । ‘भाँचिएर जीर्ण बनेको पुलमा भोलि जनधनको क्षति हुने भएकाले पनि प्राविधिकको सल्लाहबमोजिम पुलको पुनःनिर्माण हुनुपर्छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार ‘टालटुल’ले पुल यथास्थितिमा राख्न नमिल्ने अवस्थामा छ । 

समयमै पुल नबन्दा स्थानीयले निकै समस्या भोग्नुपरेको १२ नम्बरका वडाध्यक्ष ज्ञानबहादुर दनुवारले बताउनुभयो । उहाँका अनुसार वर्षायाममा नजिकैको आजाद माध्यमिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी तथा त्यस भेगमा उत्पादन भएको तरकारी बजार लैजान समस्या छ । ‘बल्ल बनेको पुल बीच भागमा भाँच्चिएपछि स्थानीय झन् चिन्तित बनेका छन्’, दनुवारले भन्नुभयो । 

गणेश दनुवारले बाढीकै खोलामा एकतर्फी पुलको ढलान गरिएको भागले पानीको बहाव त्यहाँ ठोक्किएर बर्सेनि स्थानीयको खेत नै बगाएको बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि पाँचखालका स्थानीयसँगै तेमाल र चौँरी देउराली गाउँपालिका तथा रामेछापको केही पालिकामा जान निकै सहजता हुन्छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया