उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएकाे छ । सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै नेपाल फाइनल पुग्न असफल भयाे ।
आज शुक्रवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे दाेस्राे सेमिफाइनल खेलमा काजकिस्तानले दुई संस्करणकाे च्याम्पियन नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट हारे पनि लगातार दाेस्राे र तेस्राे सेट जित्दै खेलमा उत्कृष्ट पुनरागमन गरेकाे थियाे । तर फेरि चाैथाे र पाँचाैँ सेट जित्दै काजकिस्तान फाइनल पुगेकाे हाे ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलाे सेट काजकिस्तानले ३०–२८ ले जित्याे । दाेस्राे र तेस्राे सेट नेपालले २५–१६ र २५–१५ ले जित्याे । चाैथाे र पाँचाैँ सेट काजकिस्तानले २५–१८ र १५–७ ले जित्याे ।
अब काजकिस्तानले फाइनलमा आउँदाे आइतवार भारतसँग खेल्नेछ । आज भएकाे पहिलाे सेमिफाइनल खेलमा उज्बेकिस्तानलाई ३–० काे साेझाे सेटमा हराउँदै भारत फाइनल पुगेकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।