नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलि शनिवारसम्मका लागि स्थगित भएको छ ।
आज शुक्रवार दिउँसाे साढे १२ बजेदेखि स्थगीत भएको बैठक २० मिनेटमा बस्न नसकेपछि ३ बजे र त्यसपछि पनि बस्न नसकेपछि ६ बजेका लागि बोलाइएको थियो । तर तोकिएको समयमा पनि बैठक बस्न सकेन । आज बैठक बस्न नसकेपछि भोलि दिउँसो ४ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजकाे बैठकमा सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले अवरोध गरेका हुन् । उनीहरूले जवाफ नदिएसम्म संसद् चल्न नदिने अडान लिएका छन् ।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसमाथि संसद्ले गर्न सक्ने कार्यका सम्बन्धमा पटक–पटक सर्वदलीय छलफल भएको छ । तर निचोड निस्किएन ।
नेताहरूका अनुसार एमालेले माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने अडान राखेको छ । माओवादी केन्द्रले संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ । कुनै हालतमा माओवादी सांसदले माफी माग्नुपर्ने एमालेको अडानका कारण सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसले पशुपतिको जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान जारी रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीमाथिको आरोप उचित नरहेको भनेर जाने गरी मध्यमार्गी प्रस्ताव गरेको छ । तर यसमा पनि एमाले र माओवादी केन्द्र सहमत भएका छैनन् ।
प्रतिनिधि सभाको बैठकमा गएको आइतवारदेखि सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची थियो । जेठ ५ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।