सांसद दाहालले ओलीलाई जोडेर दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

 जेठ १३, २०८० शनिबार १८:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जाेडेर दिएकाे अभिव्यक्ति सङ्घीय संसद्को रेकर्डबाट हटाइएको छ । 

‘कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बकाे भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको हाे । 

शनिवार  आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद दाहालले दिएको अभिव्यक्तिसहितको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।

गएकाे जेठ १० गते सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि आरोप लगाउँदै यस्ताे अभिव्यक्ति दिएको भन्दै एमालेले शुक्रवार हिजाे संसद् बैठक अवरुद्ध पारेको थियो ।

एमालेले सांसद दाहालको याे अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद् बैठक सुरु हुन नदिने अडान लिँदै आएको थियो । शनिवार प्रधानमन्त्री प्रचण्डले सांसद दाहालको  अभिव्यक्ति उचित नभएको बताएपछि एमालेले संसद् बैठक सुरु हुन दिएको हो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया